काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ग्लोबल आइएमई बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र सूचीकृत भएको छ।

बैंकको ‘ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८६÷८७’ नामक ऋणपत्र सूचीकृत भएको हो। जसअनुसार १ हजार अंकित दरका कुल ३० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ। 

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज पाउँछन्।

यस ऋणपत्रको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको थियो।