काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत भएको छ।

एभरेष्ट बैंकको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’ नामक ऋणपत्र सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल ८ लाख ५६ हजार ७८३ इकाइ सूचीकृत भएका छन्। 

एभरेष्ट बैंकको यो ऋणपत्र ८ वर्षे अवधिको हो। यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक ८.५ प्रतिशत ब्याज पाउँछन्।