काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पौने ५ लाख बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा प्रोग्रेसिभ फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको कुल ४ लाख ८० हजार ६० कित्ता बोनस सेयर सूचीकृत भएको छ।

गत आर्थिक वर्षका लागि यो फाइनान्सले आफ्ना सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।