काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा झन्डै २२ लाख कित्ता सेयर थपिएको छ।

नेप्सेमा फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडेको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको कुल २१ लाख ८९ हजार ३१७.३७ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

यो लघुवित्तको गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ३५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।