काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ५० लाख कित्ता बढी सेयर थपिएको छ। 

नेप्सेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ५० लाख २५० कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

यो लघुवित्तले आफ्ना सेयरधनीहरु गत आर्थिक वर्षका लागि २९.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।