काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज १ करोड ८ लाख बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा अपी पावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हो। यो कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ। 

कम्पनीले गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १ः०.३९३६ अनुपातमा हकप्रद बिक्री गरेको थियो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद जारी गरेको थियो।

सोही हकप्रद सेयर आज नेप्सेमा सूचीकृत भएको हो।