काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब पौने ५ लाख कित्ता सेयर थपिएको छ।

नेप्सेमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको कुल ४ लाख ८४ हजार ४१२.६० कित्ता बोनस सेयर सूचीकृत भएको छ।

नयाँ सारथी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको थियो।