काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साढे १३ लाख कित्ता बढी सेयर थपिएको छ।

नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको १३ लाख ६६ हजार ५७२.४२ कित्ता सेयर सूचीकृत भएको छ। 

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा आफ्ना सेयरधनीहरुलाई ११ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।