काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ९ लाख कित्ता सेयर थपिएको छ। 

नेप्सेमा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीले वितरण गरेको ९ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। 

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।