काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ कम्पनीका पौने ३४ लाख कित्ता बढी सेयर थपिएको छ। 

नेप्सेमा सगरमाथा इन्स्योरेन्स र एनएमबि माइक्रोफाइनान्सको कुल ३३ लाख ८३ हजार २९५.३७३८ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा सगरमाथा इन्स्योरेन्सको २२ लाख २२ हजार ७१५ कित्ता र एनएमबि माइक्रोफाइनान्सको ११ लाख ६० हजार ५८०.३७३८ कित्ता छन्।

सगरमाथा इन्स्योरेन्स र एनएमबि माइक्रोफाइनान्सले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। यी दुवै क्रमशः २० प्रतिशत र २१.५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।