काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्राइम कमर्सियल बैंक लिमिटेडको ‘१०% प्राइम डिबेन्चर २०८८’ नामक ऋणपत्र सूचीकृत भएको छ।

यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल १७ लाख ४१ हजार ८८४ इकाइ नेप्सेमा सूचीकृत भएको हो। 

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउँछन्।