काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सानिमा ग्रोथ फन्ड र एनआईबिएल ग्रोथ फन्ड सूचीकृत भएका छन्।
नेप्सेमा सूचीकृत भएसँगै अब यी दुवै म्युचुअल फन्ड भोलि बुधबारदेखि कारोबारमा आउनेछन्। यी दुवै योजनालाई नेप्सेले १० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ भने कारोबार संकेत क्रमशः सानिमा ग्रोथ फन्डलाई ‘एसएजीएफ’ र एनआईबिएल ग्रोथ फन्डलाई ‘एनआईबिएलजीएफ’ कारोबार संकेत प्रदान गरेको छ।
नेप्सेमा सानिमा ग्रोथ फन्डको १० रुपैयाँ अंकित दरकाु कुल ६ करोड ७२ लाख ५३ हजार २६० इकाइ सूचीकृत भएका छन्।
यो योजना सानिमा क्यापिटलको सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ।
यसैगरी एनआईबिएल ग्रोथ फन्डका १० रुपैयाँ अंकित दरका कुल १३ करोड २० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ। यो योजना एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ।
8 hours ago
8 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago