काठमाण्डौ । लामो समयदेखि घटेको सेयर बजारमा आज ८ अंकले बढेको छ। यो साता पनि यसअघि लगातार ३ कारोबार दिनमा बजार घटेको थियो। कारोबारको हिसाबले भने आज बजारमा भोलुम निकै नै ड्राई अप भएको छ। यसले बजारमा बिस्तारै बिक्री दबाब हराउँदै गएको बुझ्न सकिन्छ।
बजारमा मंगलबार र बुधबार दुई दिनको कारोबारमा बनेका क्यान्डलहरुलाई मिलाएर हेर्ने हो भने ट्विजर बटम क्यान्डल प्याट्रन बनेको छ। ट्विजर क्यान्डल भनेको बजारमा बनेको दुईवटा एकै प्रकृतिका क्यान्डल स्टिकलाई बुझिन्छ। यस्ता क्यान्डल बुलिस र बियरिस दुवै बजारमा बन्न सक्छन्।
यदि बुलिस बजारमा बन्छ भने त्यसलाई ‘ट्विजर टप’ भनेर बुझिन्छ। यसले सम्भावित रुपमा बजार बियरिस यात्रामा जान सक्ने संकेत गर्छ। यसविपरीत यदि बियरिस बजारमा एकै प्रकृतिको क्यान्डल बन्छ भने त्यसलाई ट्विजर बटम प्याट्रन भनेर बुझिन्छ (हेनुहोस् माथि मुख्य तस्बिरमा)। यसले सम्भावित रुपमा बजार माथि जाने संकेत गर्छ।
आजको बजारमा १८५० भन्दा माथि ट्विजर बटम क्यान्डल बनेको छ। यसले सम्भावित रुपमा बजार माथि जान सक्ने संकेत गर्छ । यसको कन्फर्मेसनका लागि भने अब बन्ने क्यान्डल महत्वपूर्ण हुन्छ।
अब बन्ने क्यान्डल यदि बुलिस मारुबुजु क्यान्डल बन्छ र यी दुई क्यान्डलभन्दा अगाडि बनेको क्यान्डललाई ब्रेक गर्छ भने बजारमा इन्ट्री गर्न सकिन्छ। अर्थात् यदि अब बजार १८९० भन्दा माथि भोलुमसहित टिक्छ भने आज बनेको ट्विजर बटम भ्यालिड हुन जान्छ। यदि बजार १८५० भन्दा तल जान्छ आज बनेको क्यान्डm स्टिक प्याट्रन इन्भ्यालिड पनि हुन सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago