काठमाण्डौ । लगातार ७ दिन बढेको सेयर बजारमा आज गिरावट आएको छ।
आज नेप्से सूचकमा गिरावट आएसँगै कारोबारको अन्तिम समयतिर भोलुम बढेको छ। यसलाई खासै राम्रो संकेत मान्न सकिन्न। तर, एकैदिन बजार घट्दैमा डराई हाल्नुपर्ने अवस्था भने होइन।
आजको बजारलाई प्राविधिक रुपमा हेर्ने हो भने डेली बेसमा बोलिंगर ब्यान्डको अपर ब्यान्डमा पुगेर सुटिङ स्टार बनेको छ। यो सुटिङ स्टार इन्भ्यालिड हुन आगामी कारोबारमा बजार आजको उच्च विन्दु १९७७ भन्दा माथि भोलुमसहित टिकेर बन्द हुनुपर्नेछ। तर, आजको न्यून विन्दु १९३८ भन्दा तल झरेमा बजारमा केही गिरावट आउन सक्छ।
म्याक्डीमार्फत हेर्दा केही समयपहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ। हिस्टोग्राम सकारात्मक नै छन्।
आरएसआईमार्फत आजको बजारलाई हेर्दा बजारले करिब ओभर बट जोन ६८ मा पुगेर आज ६३ को तहमा बन्द हुन पुगेको छ।
आजको बजारलाई आवरली बेसमा हेर्ने हो भने अन्तिम आवरमा बिक्री दबाब आउँदा भोलुम बढेको छ। रातो लामो मारुबुजु क्यान्डल बनेको छ।
म्याक्डीमा करिब बियरिस क्रसओभर बन्दै गरेको देखिन्छ। आरएसआई पनि ७५ को ओभर बट जोनमा पुगेर ६० को विन्दुमा आएको छ। यसले बजारमा विक्री दबाब परेको बुझिन्छ।
आज अन्तिम आवरमा घटेको बजारको नजिकको सपोर्ट भनेको आवरली बेसमा बोलिंगरको मध्य ब्यान्ड १९२२ मा देखिन्छ। त्यसपछि पनि करेक्सन आउँछ भने क्रमशः १९०० र १८७५ मा सपोर्ट लिन सक्छ।
यदि बढेमा भने बजारले क्रमशः १८९०, २०२५ तथा २०९० मा प्रतिरोध सामना गर्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
8 hours ago
19 hours ago
19 hours ago
20 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago