काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा काम गर्न चाहनेका लागि जागिरको अवसर खुलेको छ । 

नेप्सले फ्रेस अनुहारको रुपमा १० पदमा २० कर्मचारी मागेको हो । 

सबैभन्दा बढी छैठौ तहको अधिकृतमा १४ जना मागिएको छ । यस्तै, आठौं तहको सहायक प्रबन्धकमा एकजना, ७ औं तहको वरिष्ठ अधिकृतमा २ जना, छैठौ तहको आइटी अधिकृतमा ३ जना मागिएको छ । 

खुल्ला प्रतियोगिताका लागि खुलाइएको पदहरुमा सम्बन्धित बिषयमा स्नातक गरेकाहरुले आवेदन दिनसक्नेछन् । 

यसैगरी, नेप्सेका चारवटा पदमा ७ जनालाई आन्तरिक प्रतियोगितातर्फ बढुवाको अवसर समेत खुलाइएको छ । नेप्सेमा कार्यरतहरुले प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र वरिष्ठ अधिकृत पदमा भिड्न पाउनेछन् । 

आन्तरिक र खुल्लातर्फका रिक्त पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता, कार्यानुुभव तथा अन्य बिषयका लागि सूचना पढ्नुहोस् :