काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार दुई कम्पनीका सेयरमूल्य समायोजन गरिएको छ। 

नेप्सेले बोनस सेयरका लागि महिला सहयात्रा लघुवित्त र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले मूल्य समायोजन गर्दै महिला सहयात्रा लघुवित्तको ६८२.७३ रुपैयाँ र नेपाल इन्स्योरेन्सको ३९६.१९ रुपैयाँ कायम गरेको छ। 

गत आर्थिक वर्षको मुनाफाबाट महिला सहयात्राले १० प्रतिशत र नेपाल इन्स्योरेन्स ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेका छन्। दुवै कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि आजदेखि बुक क्लोज गरेका छन्। 

महिला सहयात्रा लघुवित्तले यही चैत २२ गते र नेपाल इन्स्योरेन्सले चैत २१ गते वार्षिक साधारणसभाबाट डाकेका छन् ।