काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचकले २६०० विन्दूको उचाई चुम्ने प्रक्षेपण गरिएको छ । 

सेयर बजारका प्राविधिक विश्लेषक बिष्णु बस्यालले अबको १० देखि १५ दिनभित्रै नेप्से परिसूचक २५०० देखि २६०० विन्दू पुग्ने प्रक्षेपण गरेका हुन् ।

यदि दैनिक कारोबार रकम ७ अर्बभन्दा बढी मेन्टेन भइराख्यो भने नेप्से २६०० विन्दू पुग्ने बस्यालले दाबी गरे ।

टर्नओभर भोल्युमले सपोर्ट नगरेको खण्डमा भने बजार करेक्सनमा जाने र नेप्से २ हजार १४० को सपोर्ट देखिएको बस्याल बताउँछन् । तर, २२ सय विन्दू माथि रहे मात्रै नेप्से २६ सय विन्दू पुग्ने उनको अनुमान छ । नेप्से २२ सयमाथि नअडिए २ हजार विन्दूभन्दा अझै तल झर्नसक्ने खतरा समेत उनले औंल्याएका छन् । 

बस्याल अब बैंकले अझै एक पटक लिड गर्दै इण्डेक्स माथि उफार्ने सम्भावना रहेको जिकिर गर्छन् । अब बजारमा लघुवित्त, विकास बैंक, वित्त र निर्जीवन बीमा समूहका सेयरहरुमा लगानीकर्ताहरुको आकर्षण रहने उनको दाबी छ।