काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बिक्रीतर्फको समेत अल अर नन (एओएन) सुविधा हटाउने निर्णय गरेको छ। 

नेप्सेले यही असार १९ गते (आइताबर) बाट बिक्रीतर्फको समेत एओएन सुविधा पनि हटाउने निर्णय गरेको हो। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार एओएन सुविधा हटाउने निर्णय गरिएको नेप्सेले जनाएको छ। 

नेप्सेले यसअघि नै खरिदतर्फको एओएन सुविधा हटाइसकेको छ। योसँगै खरिद र बिक्री दुवैतर्फको एओएन सविधा हट्ने भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले दुवैतर्फको एओएन सुविधा हटाउने निर्णय स्वागतयोग्य रहेको बताएका छन्। ‘एओएन सुविधा दुर्वतर्फको हटाउनुपर्ने माग लगानीकर्ताहरुको थियो, जुन सम्बोधन भएको छ’, उनले भने, ‘योसँगै अब दिनभरको कारोबारको एउटै सेवा शुल्क लाग्ने विषयमा पनि सेबोन सकारात्मक नै छ, छिट्टै निर्णय हुन सक्छ।’