काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समितिको हिजो असोज २४ गते बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ४९ करोड ३८ लाख ७७ हजार ५७४ रुपैयाँ कुल २२.६१८ प्रतिशतले हुन आउने ११ करोड १७ लाख ७ हजार ८१६.८४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २१.४८७ प्रतिशतले हुन आउने १० करोड ६१ लाख २२ हजार ४२६ रुपैयाँबराबरको बोनस सेयर र १.१३० प्रतिशतले हुन आउने ५५ लाख ८५ हजार ३९०.८४ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि सेयरधनीहरुलाई वितरण गरिने सञ्चालक समितिले निर्णय गरेको छ।