काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सहप्रायोजनामा बझाङ्गको विकट क्षेत्रमा २ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेको छ । 

रामप्रसाद खत्री स्मृति प्रतिस्ठान बझाङ्गको आयोजना तथा खप्तड छान्ना गाउँपालिका र नेशनल लाईफ इन्स्योरेन्सको सहप्रायोजनमा बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं. ४ नेटाकाटिया ब्रमस्थलमा पर्ने दुर्गा महालिङ्ग मा.बि.को भवनमा चैत २५ र २६ गते दुई दिने निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सञ्चालन भएको हो । 

शिबिरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल प्रा.लि., तिलोत्तमा आँखा अस्पताल, आम्दा हस्पिटल प्रालि बुटवल र हिमाल डेन्टल हस्पिटल प्रालिका चिकित्सकहरुको संयुक्त टोलीले सेवा प्रदान गरेको थियो ।

सातवटा विशेषज्ञ विधामा सेवा प्रदान गरिएकोमा सामान्य चिकित्सातर्फ ६९५ जना, हाडजोर्नीतर्फ ८८१ जना, दन्तरोगतर्फ २६१ जना, आँखातर्फ ३८१ जना, स्त्रीरोगतर्फ ५७६ जना, बालरोगतर्फ १९४ जना, शल्यक्रियातर्फ १० जना गरी जम्मा २,९९६ जनाको स्वास्थ्य परिक्षण भएकोमा सोमध्ये ३९४ जनाको अल्ट्रासाउन्ड, १०१ जनाको ल्याब परिक्षण, ३१ जनाको मोतिबिन्दु अप्रेशन, ५३ जनाको दाँत हालेको, १०८ जनाको दाँत निकालेको  बताइएको छ । 

सो टोलीबाट लगभग २२ लाख बराबरको निशुल्क औषधी समेत बितरण गरिएको थियो ।