काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बेच्ने भएको छ।

कम्पनीले यही वैशाख १३ गतेबाट जेठ १६ गतेसम्म संस्थापक सेयर लिलामीमा राख्ने भएको हो। यसका लागि धितोपत्र प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। 

लिलामी सेयरमा विद्यमान संस्थापक तथा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न पाउनेछन्। कम्पनीले लिलामीमा राखेको सेयरको न्यूनतम मूल्य १ हजार २०० रुपैयाँ तोकेको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा कुनै हद लाग्ने छैन।