काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज जेठ २७ गतेबाट ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ।

संस्थाले लिलामीमा राखेको सेयरमा विद्यमान संस्थापकसहित जोकोही व्यक्ति, कम्पनी तथा संघसस्थाले बोलपत्र पेस गर्न पाउँछन्। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ। यसको मतलब बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतमका लागि भने कुनै हद लाग्ने छैन।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असार १० गते बैंकिङ समयसम्म तोकिएको छ।