काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बम्पर लाभांश सुरक्षित गर्ने आज पुस २६ गते अन्तिम मौका रहेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले भोलि पुस २७ गते बुक क्लोज गर्दैछ। यसको अर्थ आज पुस २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

संस्थाले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। 

प्रस्तावित लाभांश संस्थाको आउँदो माघ ६ गते हुने आठौँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।