काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा संस्थाले ११ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २.६४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १० करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ६.१५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १७ करोड ४९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर १७ करोड ४ लाख रुपैयाँ भएको छ।
पहिलो त्रैमासमा संस्थाले १९ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १८ करोड ७५ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि ६ प्रतिशतले उकालो लागेको छ।
चुक्तापुँजी २५ करोड ५० रुपैयाँ संस्थाको रिजर्भको आकार १९.२८ प्रतिशतले बढेर ६४ करोड ५५ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ५४ करोड ३ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा संस्थाले २ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
पहिलो त्रैमासमा संस्थाको एनपीएल घटेर ५.२७ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ७.०८ प्रतिशत थियो।
वार्षिकीकृत संस्थाको ईपीएस ८६.४५ रुपैयाँ, पीई रेसियो ३७.६५ गुणा र प्रतिसेयर नेटवर्थ ३५२.७७ रुपैयाँ रहेको छ।
31 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago