काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरका लागि सेयर स्वाप रेसियो निर्धारण गरिएको छ।
दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदन सिफारिसबमोजिम सेयर स्वाप रेसियो निर्धारण गरिएको हो। जसअनुसार नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच १ः०.७३ सेयर स्वाप रेसियोमा मर्जर हुने निर्णय संयुक्त मर्जर समितिले निर्णय गरेको छ।
संयुक्त सञ्चालक समितिको बिहीबार (जेठ ११ गते) बसेको बैठकले उक्त सेयर स्वाप रेसियोमा यी दुवै लघुवित्त मर्जर हुने निर्णय गरेको छ। यसको अर्थ नेसनल माइक्रोफाइनान्सको १०० कित्ता सेयरबराबर समिट लघुवित्तको ७३ कित्ता सेयर कायम हुनेछ।
यी दुवै लघुवित्तबीच गत वर्ष असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। यो मर्जरलाई राष्ट्र बैंकले गत पुस ७ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो।
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago