काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि तीनदिने (कात्तिक १९ देखि २१ गतेसम्म) ‘लिडर्स नाइट विथ पारस खड्का’ कार्यक्रम काठमाण्डा स्थित चन्द्रागिरी हिल्समा सम्पन्न गरेको छ।

कम्पनीमा कार्यरत अभिकर्ताका लागि गत साउन महिनामा सञ्चालन गरेको अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई कम्पनीका ब्रान् एम्बेसेडरसमेत रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग साक्षात्कार गराउने उद्देश्य समेतले कार्यक्रम सम्पन्न गरिएको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका ब्रान्ड एम्बेसेडर खड्काले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। 

देशैभरिबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब १०० जना वरिष्ठ अभिकर्ताकको सहभागिता रहेको कार्यक्रममा अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपालका चर्चित मोटिभेसनल प्रशिक्षक सौरभ लोहनीले  सेल्स मोटिभेसन तथा स्किल डेभलपमेन्टका सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए। 

यसैगरी तोकिएको लक्ष्य पूरा गरी कार्यक्रममा सहभागी हुन सफल अभिकर्ताहरुको अथक परिश्रम र मेहनतको कदर गर्दै उनीहरुलाई सम्मान पनि गरिएको थियो।

खड्काले नेपाली क्रिकेट टिमलाई यो स्थानमा ल्याई पुर्याउन आफ्ना तर्फबाट गरेका मेहनत र संघर्षका साथै राष्ट्रिय टिमको नेतृत्व लिएपछि वहन गरेको जिम्मेवारीका बारेमा आफ्नो अनुभव जानकारी गराएका थिए। उनले नेसनल लाइफ इन्स्योरेन्ससँग आबद्ध भई कार्यक्रममा सम्मानित बिजनेस लिडरहरुसँग साक्षात्कर हुन पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको उल्लेख गर्दै सहभागी अभिकर्तालाई बधाइसमेत दिए।

कार्यक्रममा सहभागी अभिकर्ताहरुले खड्काको उपस्थिति र अनुभवबाट आफूहरु उत्प्रेरित भएको र यसबाट आफ्नो वृत्ति विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।