काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको गत साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशमा हाल अद्यावधिक रुपमा कायम रहेको चुक्तापुँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँको कुल १७.५ प्रतिशत हुन आउने ५३ करोड ९४ लाख ५९ हजार ६४७ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १५ प्रतिशतले हुन आउने ४६ करोड २३ लाख ९३ हजार ९८३ रुपैयाँबराबरको नगद लाभांश र २.५ प्रतिशतले हुन आउने ७ करोड ७० लाख ६५ हजार ६६४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावि बोनस सेयरका लागि लाग्ने कर रकमका लागि ०.१३ प्रतिशतका दरले हुन आउने ४० लाख ५६ हजार ८८ रुपैयाँ नगद लाभांशबाट समायोजन गरिने कम्पनीले निर्णय गरेको छ। 

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।