काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको कुल १०.५३ लाभांश अनुमोदन आज बिहीबार अनुमोदन भएको छ।
कम्पनीका आज सम्पन्न ३२ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.५३ प्रतिशतले हुन आउने नगद लाभांश अनुमोदन गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको थियो।
सभामा कम्पनी सञ्चालक समिति प्रेमा सिंहले उक्त आर्थिक वर्षको सबै वित्तीय सूचकांक सन्तोषजनक रहेको बताइन्। उनले कुल बीमाशुल्क संकलन अघिल्लो वर्षको तुलनामा २४.८६ प्रतिशतले वद्धि भई ८०५.०५ करोड पुगेको र ३५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जानकराी गराइन्।
कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रुपले ११.५३ प्रतिशत पुगेको र यसबाट भविष्यमा लगानी आयमा स्थिरता ल्याउन सहयाग पुग्ने पनि सिंहले बताइन्।
1 month ago
1 month ago
1 month ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago