काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले स्वास्थ्य परियोजनाका लागि आर्थिक सहयोग प्रदान गरेको छ। 

गत भदौ १८ गते सुनकोशी गाउँपालिका र एक एक पाइला फाउन्डेसबीचको सहकार्यमा सञ्चालित एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालमा दाता सम्मान तथा अभिनन्दन कार्यक्रम एक समारोहका बीच सम्पन्न गरेको छ। सुनकोशी गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष कुमार शाहीको मुख्य आतिथ्य तथा एक एक पाइला फाउन्डेसनका अध्यक्ष डा. सुमनशमशेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५० जनाको सहभागिता थियो। 

सोही अवसरमा नेसनल लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा उक्त भेगमा बसोबास गर्ने जनताले सर्वसुलभ स्वाश्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले उक्त परियोजना कार्यान्वयनका लागि रु २० लाख आर्थिक सहयोग उपलव्ध गराएको हो। उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ। 

समारोहमा अस्पताल व्यवस्थापनबाट आर्थिक सहयोग प्रदान गरेबापत कम्पनीका उपकार्यकारी प्रमुख प्रतापमान श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो।