काठमाण्डौ । महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेपछि नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।

नेसनल माइक्रोफाइना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो। यी दुवै लघुवित्तको गत जेठ २५ गतेसम्म आआफ्नो साधारणसभाबाट प्राप्ति प्रक्रियालाई अनुमोदन गरेका थिए। 

यसैगरी दुवै लघुवित्तको प्राप्ति प्रक्रियालाई नेपाल राष्ट्र बैंकले गत असार १५ गते र कम्पनी रजिस्ट्रारको कार्यालय गत असार २४ गते अन्तिम स्वीकृति दिएका थिए। 

प्राप्तिपछि संस्थाको रजिस्टर्ड केन्द्रीय कार्यालय धादिङको निलकण्ठ नगरपालिका–३ पुछारबजारस्थित नेसनल माइक्रोफाइनान्सकै केन्द्रीय कायम रहने बताइएको छ।

एकीकृत कारोबारका लागि दुवै संस्थाको तथ्यांक एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने भएकोले डाटा इन्टिग्रेसनका लागि असार २९ गते एक दिनका लागि महिला सहयात्राको सम्पूर्ण कारोबार बन्द रहने बताइएको छ।