काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको २१ प्रतिशत बोनस सेयर आफ्ना सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ। 

संस्थाले २०७७ फागुन १३ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा उक्त बोनस सेयर जम्मा गरिएको हो। उक्त अवधिसम्म भौतिक सेयर धारण गरेका सेयरधनीलाई शीघ्र सेयर अभौतिकीकरण गराई आफ्नो खाताको विवरण बुझाउन पनि संस्थाले आग्रह गरेको छ। 

गत आर्थिक वर्षको मुनाफाबाट संस्थाले चुक्तापुँजीको कुल २७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो। जसमा २१ प्रतिशत बोनस सेयर र बाँकी ६ प्रतिशत नगद लाभांश रहेको थियो। 

प्रस्तावित लाभांश गत चैत ५ गते सम्पन्न संस्थाको सातौँ वार्षिक साधारणसभाले अनुमोदन गरेको थियो। सोहीअनुसार संस्थाले लाभांश वितरण कार्यान्वयनमा ल्याएको हो।