काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ३ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ६६ लाख ९२ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।
यो अवधिमा कम्पनीले ३ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले कम्पनीको आम्दानी २७.२६ प्रतिशतले बढेको छ।
चुक्तापुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ३ करोड ४४ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीको रिजर्भ ३३ करोड २९ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।
कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३.१५ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ८४.०३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०२.१० रुपैयाँ रहेको छ।
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago