काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। संस्थाले चुक्तापुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको ३८.५ प्रतिशतले हुन आउने २२ करोड ५८ लाख ६९ हजार ८६४.८० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। 

यसका साथै संस्थाले २०७८ असार ३० गते साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेका कारण सो मितिभन्दा अगाडि कायम सेयरधनीहरुलाई प्राप्ति मितिदेखि दुई आर्थिक वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्थाका कारण हाल लाभांश कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याइएको संस्थाले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने संस्थाले जनाएको छ। 

यसैबीच नेप्सेले नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का गरेको छ। कारोबार समय अर्थात ११ः०४मा लाभांश घोषणासम्बन्धी पत्र पठाएकोले सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ। 

संस्थाको आज ९ बजे बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। 

नेप्सेले कारोबार समयमा लाभांश घोषणासम्बन्धी निर्णय पठाउनुको कारणबारे चित्तबुझ्दो स्पष्टीकरण ३ दिनभित्र पठाउन पनि संस्थालाई निर्देशन दिएको छ।