काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आजको निर्णयबाट नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो। योसँगै अब यस लघुवित्तको सेयर भोलि बुधबारबाट कारोबारमा आउनेछ।
नेप्सेले हिजोमात्रै कारोबार समयमा लाभांश घोषणासम्बन्धी निर्णय नेप्सेमा पठाएको भन्दै नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का गर्दै चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो।
नेसनल माइक्रोफाइनान्सले प्राविधिक त्रुटिले त्यस्तो हुन गएको र अब आइन्दा नहुने प्रतिबद्धता जनाएपछि नेप्सेले सेयर कारोबार फुकुवा गरिदिएको हो।
संस्थाको हिजो बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। संस्थाले चुक्तापुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको ३८.५ प्रतिशतले हुन आउने २२ करोड ५८ लाख ६९ हजार ८६४.८० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
यसका साथै संस्थाले २०७८ असार ३० गते साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेका कारण सो मितिभन्दा अगाडि कायम सेयरधनीहरुलाई प्राप्ति मितिदेखि दुई आर्थिक वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्थाका कारण हाल लाभांश कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याइएको संस्थाले जनाएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने संस्थाले जनाएको छ।
6 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago