काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७३ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १३.८२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ८५ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
दोस्रो त्रैमासमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ०.६८ प्रतिशतले बढेर ५ करोड ५८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ५ करोड ५५ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो।
चुक्तापुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ३ करोड १२ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा रिजर्भ २६ करोड ८ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १.७९ रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस ४२.३७ रुपैयाँ रहेको छ। पीई रेसियो १४०.१३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०१.८० रुपैयाँ रहेको छ।
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago