काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

कम्पनी सञ्चालक समितिको बुधबार (फागुन १० गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटरस्थित डेलिस ओपेरा रेस्ट्रो एन्ड बैंक्वेटमा बिहान ११ बजेबाट हुनेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभा भाग लिन पाउनेछन्।