काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले पनि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत मंसिर १० गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

कम्पनीले १०० अंकित दरका कुल ४० करोड ५० लाख रुपैयाँबराबरका कुल ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ। कम्पनीले यो आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

कम्पनीको यो आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।