काठमाण्डौ । लामो समयदेखि कार्यरत पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको रुपमा काम गर्ने अवसर खुलेको छ ।
सूचना तथा संचार मन्त्रालयले पहिलोपटक अध्यक्ष पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भन्दै इच्छुक र योग्यहरुबाट आवेदन मागेको हो ।
पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारणको पक्षमा लड्दै आएको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदका लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको वरिष्ठ पत्रकारले आवेदन दिनसक्नेछन् ।
कुनै पनि विषयमा स्नातक तह उतीर्ण भई कानून बमोजिम दर्ता भएको संचारमाध्यममा प्रधानसम्पादक, सम्पादक, प्रकाशक वा व्यवस्थापकको रुपमा काम गरेको वा आमसञ्चार सम्बन्धी प्राज्ञिक वा नीनि निर्माण तहमा रही काम गरेको वा पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा कम्तीमा ७ वर्ष अनुुभव प्राप्तले यो पदमा आवेदन दिनसक्ने बताइएको छ । अबको १५ दिनभित्र आवेदन दिइसक्नुुपर्ने यो पदका लागि आवश्यक अन्य योग्यता तथा सूचना यसप्रकार छ :
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago