काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ५५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

स्वास्थ्य जनसंख्या मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर ५५ जनाको मृत्यु भएको हो। मृत्युको एक दिनको यो आँकडा हालसम्मकै उच्च पनि हो। योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ।

यो अवधिमा थप ७ हजार ६६० जनामा कोरोना पुष्टि भएको छ। देशभर १६ हजार १३१ जनाको आरटी–पीसीआर गर्दा ७ हजार ५८७ जनामा र ५७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँग हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा मात्रै ३ हजार ८९३ जना कोरोना संक्रमित थपिएको छ। जसमा काठमाण्डौमा मात्रै २ हजार ७७९ जना, ललितपुर ६०१ जना र भक्तपुरमा ५१३ जना छन्।

यो अवधिमा थप १ हजार ७७५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ। हाल ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन्।