काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा १ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। 

कम्पनीको विद्युत बिक्रीको आम्दानी ६.४५ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ३६ करोड ९७ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर ३४ करोड ५८ लाख रुपैयाँमा झरेको छ। 

यो अवधिमा कम्पनीको रिजर्भ १९ करोड ९० लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि रिजर्भ १८ करोड ४५ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

चुक्तापुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ०.०१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ८१.८९ रुपैयाँ रहेको छ।