काठमाण्डौ । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले आज बुधबारबाट पुनः आफ्नो सेवाहरु सञ्चालनमा आएको छ। 

एप अपडेटका कारण अवरुद्ध भएको पठाओको राइड सेवाहरु पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। प्राविधिक कारणले पठाओको ट्याक्सी र फुड पनि मंगलबारदेखि बन्द थियो। 

त्यसो सोमबार बिहान ट्याक्सी चालक र पठाओ राइडरबीच झडप भएपछि राइड सेवा रोकिएको हल्ला चलेको थियो। तर, झडपका कारण नभई प्राविधिक कारणले बन्द भएको कम्पनीले स्पष्ट पारेको छ। 

झडपपछि राइडरलाई पठाओको लोगो अंकित ज्याकेट लगाएर राइड गर्न रोक भने लगाइएको छ। 

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको थियो। पठाओले सन् २०१९ को अगस्टदेखि भने ट्याक्सी सेवा पनि सञ्चालनमा ल्याएको हो।