-भक्तराज रसाइली
काठमाण्डौ । लगानीको वातावरण भए पनि मुुलुुकभित्र केही उद्यम व्यवसाय गर्न करोडौं रुपैयाँ आवश्यक पर्छ, तर सेयर बजार मात्र यस्तो क्षेत्र हो जहाँ जुनसुकै समयमा थोरै थोरै लगानी गरेर नाफा कमाउन सकिने सम्भावना रहन्छ । यही सेयर बजारले बैदेशिक रोजगारी जानबाट रोकेर हाल यसैलाई पेशाकै रुपमा अँगाल्ने युुवाहरुको जमात पनि बाक्लो छ । जागिर खाने ध्याउन्नलाई कुुुनातिर पन्छ्याएका सेयर बजारबाट केही गर्ने अठोटका साथ सक्रिय र पूूर्णकालीन सेयर कारोबार गर्दै आएका पात्र हुन् संकल्प श्रेष्ठ । 

सार्वजनिक बिदामा बाहेक न्यूूप्लाजामा अवस्थित ब्रोकर्स एशोसिएसनका पूूर्वअध्यक्ष प्रियराज रेग्मीको स्टक ब्रोकर नम्बर ५० क्रिष्टल कञ्चनजङ्घा सेक्युुरिटीजमा आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म श्रेष्ठ एउटा ल्यापटप लिएर आउँछन् । सो ब्रोकर हाउसले डिस्प्ले रुममा उपलब्ध गराएको डेस्कमा ल्यापटप राखेर अनलाइन कारोबार प्रणालीमार्फत सेयर खरिदबिक्री गर्दै आएका श्रेष्ठको स्थायी ठेगाना झापाको विर्तामोड हो । 

हाल उनी जावलाखेल ललितपुुरमा बसोबास गर्छन् । जागिरकै सट्टा सेयर बजारमा लगानी गर्दै आएका उनले शंकरदेव क्याम्पसबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरी सीएफए अध्ययन गरिरहेका छन् । सीएफए कोर्ष लगानीसम्बन्धी विस्तृत अध्ययन हुने ग्लोबल विषय मानिन्छ ।

सेयर बजारमा श्रेष्ठको यात्रा भने विगत ३ वर्षदेखिको हो । तर २ वर्षदेखि चाहिँ उनले सेयरबजारलाई जागिर वा व्यवसाय दुुवै बनाएको बताउँछन् । दीर्घकालीन लगानीभन्दा ट्रेडिङ गर्न माहिर उनी सेयर बजारको ट्रेण्डलाई निकै सूूक्ष्म निगरानी र विश्लेषण गर्दै आएको बताउँछन् ।

झापाबाट नै प्लस टूू सकाएपछि श्रेष्ठ सन् २००९ मा भारतको राजधानी नयाँदिल्ली हानिए । दिल्लीबाट उनले सीए अध्ययन गर्ने लक्ष्य लिए, तर बीकम मात्र उत्तीर्ण गरेका उनले सीएको अध्ययनलाई भने पूूर्णता दिन सकेनन् । सन् २०११ मा आफ्ना पिता बितेपछि घर आएका उनले १ वर्ष त घर नै बसेर परिवारले सञ्चालन गर्दैै आएको कपडा पसलमा आफ्नी आमालाई मद्दत गर्न थाले ।

श्रेष्ठलाई सन् २०१६ को अन्ततिर बिदेश जाने भूूत सवार भयो । यही सिलसिलामा काठमाण्डौं आउँदा दिल्लीमा सीए अध्ययन गर्दा चिनेका एक सिनियर विद्यार्थी सनम साहुुलाई भेट हुुन्छ । भक्तपुुर बस्ने साहुु सेयर बजारमा कारोबारीका रुपमा सक्रिय भएको देख्दा श्रेष्ठलाई पनि सेयर बजारको धेरथोर रस पस्छ । व्यवस्थापन विषय पढेका उनलाई सेयर बजारका बारेमा आधारभूूत तथा सैद्धान्तिक ज्ञान त थियो, तर व्यवहारिक ज्ञान नभएकाले सनमबाट प्रभावित हुुँदै सेयर बजारमा लगानी गर्न थालेको श्रेष्ठ सुनाउँछन् ।

सेयरमा लगानी त गर्ने तर, श्रेष्ठसँग पैसा थिएन । उनले आफ्नी आमासँग मागेर आइपीओबाट लगानी गर्ने निधोका साथ सन् २०१७ को मध्यतिर नेपाल लाइफ इन्स्योरेन्सको एफपीओ भरेर प्राथमिक बजारमा श्रेष्ठले पाइला राखे । नेपाल लाइफको प्रतिकित्ता  १४२५ रुपैयाँमा ३० कित्ता आवेदन गर्दा  उनले १० कित्ता मात्र हात पारेका थिए । पछि बोनससहित १२ कित्ता उनले नेपाल लाइफको सेयर प्रतिकित्ता करिब २३ सय रुपैयाँमा बेच्न भ्याए । यसलगत्तै उनले दोस्रो बजारमा पनि लगानी गर्ने भन्दै घरबाट आमासँग २५ हजार रुपैयाँ ल्याए । दोस्रो बजारमा उनले किनेको सेयर भने सिटिजन्स बैंक रहेछ । 

प्रतिकित्ता ४६० मा ५० कित्ता किनेर सो कम्पनी सुुरुमै घाटामा बेच्नुपर्यो । सुुरुमै असफलता पाएपछि उनलाई घात भयो मनमा अनेकौं डर त्रास सिर्जना हुुन पुुग्छ । गल्ती श्रेष्ठ आफैंबाट भएको स्वीकारेर उनले सेयरबजारबारे थप विस्तृत अध्ययन गर्ने जमर्को गरे । सिटिजन्स बैंकमा असफल बनेका उनले घरबाट पुुनः १ लाख ल्याएर सोही बैंकको सेयर किन्छन् । दोस्रो पटक भने उनले केहीदिनमै १० हजार जति नाफा कमाए । अनि त्यसपछि उनलाई आत्मविश्वास बढ्दै गयो ।

लगानीमा नाफा देख्दै गएपछि श्रेष्ठको सेयरबजारसँग पिरती बस्यो । अध्ययन, सूचना तथा जानकारी, समाचार लगायतमा उनले निकै चासो देखाए । आमालाई सापटस्वरुप पैसा मागेर ब्याज तिर्नेसम्म हैसियत बनाउँदै गएका उनले आइपीओहरुमा पनि लगानी गर्दै अघि बढे । सेयरको नशा चढ्दै गयो अनि उनले आमाको ७ लाख रुपैयाँ पैसा बैंकमा नराख्न आग्रह गर्दै ब्याजमा चलाउने निधो गरे । श्रेष्ठले लगानी बढाउँदै गए, पैसाले पैसा बनाउँदै गयो ।

हाल भने श्रेष्ठले घरबाट पैसा मगाउनुु पर्दैन बरु उल्टै यताबाट कमाएर घर पैसा पठाउँछन् । आफ्नो खर्च उठाइसकेका उनले कमाइको भने टुुङ्गो नहुुने बताए । ‘कहिले २–४ दिनमै धेरै कमाइ हुन्छ त कहिले महिनौं लाग्छ।’श्रेष्ठले भने–‘बुुझेर लगानी गरे सेयर बजारको सम्भावना अथाह छ ।’ 

हल्लाकै भरमा लगानी गर्नुु मूूर्खताको संज्ञा दिएका उनले आजीवन सेयर बजारको सक्रिय कारोबारी हुुने जिकिर गरे । ‘म दीर्घकालीन लगानी कम र अल्पकालीन कारोबारी हुुँ।’–उनले थपे ।

‘सेयर बजार सामूूहिक लगानीकर्ताको मनोविज्ञानले चल्छ।’श्रेष्ठ भन्छन्–‘संकेत बुुझ्नुपर्छ बजारले कमाउने अवसर मनग्यै दिन्छ ।’ सस्ता मूल्यका राम्रा कम्पनीमा किन्ने संकेत बुुझेका लगानीकर्ताले पैसा कुुम्ल्याउनुपर्ने जिकिर गरे । 

‘डरले बेचेको बेला किन्ने सुुअवसर पाइन्छ, हो त्यही बेला मौकामा चौका हान्ने हो ।’उनी भन्छन्–‘नगुुमाउनु भनेको सेयरमा कमाउनुु हो, नकमाउनुु भनेको चाहिँ गुुमाउनुु हो ।’

लगानीकर्ताको मनोविज्ञानलाई अनुमान गरेर चलाखीसाथ दोस्रो बजारमा लगानी गरे पैसा कमाउन सकिने श्रेष्ठको ठम्याइ छ । ट्रेण्ड आएको बेला मौका छोप्नुुपर्ने सुुझाएका उनले सस्तोमा सेयर किनेर महङगेमा बेच्न सक्नुु एक चलाख लगानीकर्ताको धर्म  र शिल्प भएको बताउँछन् ।

सेयर बजारको प्राविधिक विषयलाई समेत श्रेष्ठले स्वअध्ययन गरेका रहेछन् । आफूूले सीए अध्ययन गरेका आधारमा सूूचिकृत कम्पनीका रिपोर्ट अध्ययन गरेर सहजै बुुझ्न सकेको उनको भनाइ छ । बजार जहिल्यै बढिरहने र घटिरहने पनि नहुुुने तर्क अघि सारेका उनकाअनुसार चार्ट, ट्रेण्ड र लाइनबारे जानकार भएर लगानी गरे घाटा व्यहोर्नुु पर्दैन ।

राम्रा कम्पनीका सस्ता मूूल्यमा किन्नका लागि भने सूूचिकृत कम्पनीहरुले प्रकाशित गर्ने वित्तीय विवरणको धेरै महत्व हुने धारणा राखेका श्रेष्ठ बजारमा जहिल्यै पनि कम्पनीको ग्रोथलाई आधार बनाएर माग र आपूूर्ति कायम हुुने बताउँछन् । भविष्यमा आउन सक्ने प्रतिफललाई वर्तमान मूूल्यमा ढाल्दा बजार मूूल्य र वास्तविक मूूल्य तुुलना गरेर लगानीको निर्णय लिने गरेको आफ्नो अनुभव श्रेष्ठले हामीसँग साटे ।

निकै गहिरो अध्ययन र विश्लेषणका साथ लगानी गरेका हुुनाले श्रेष्ठले अहिलेसम्म घाटा व्यहोर्नुु नपरेको दाबी समेत गरे । ग्रामीण विकास लघुवित्तको सेयर ४८० प्रतिकित्तामा किनेर ६०० प्रतिकित्तामा बेचेका श्रेष्ठ हिमालयन डिष्टीलरी लिमिटेडको सेयरमा ५०० रुपैयाँ प्रतिकित्तासम्म नाफा सुुरक्षित गर्न सकेको बताउँछन् ।

श्रेष्ठले दीर्घकालका लागि जम्मा ३ वटा कम्पनी र अल्पकालीन कारोबारका लागि ४ देखि ६ वटा कम्पनीमा मात्र लगानी गर्दै आएका रहेछन् । धेरै कम्पनीका सेयरमा लगानी गर्दा अलमलमा परिने हुुनाले औंलामा गनिने संख्यामा मात्र लगानी गरेको उनको ठम्याइ छ । छनौटमा भने २० वटा कम्पनीसम्म विकल्प राख्नुपर्ने  भन्दै श्रेष्ठ चार्म भएका सेयर र कहिलेकाहीँ सेक्टर सिफ्ट हुुनुुपर्नेमा जोड दिन्छन् ।

बजारमा राम्रो कारोबार हुुने र अधिक तरलता भएका सेयर श्रेष्ठको रोजाइमा पर्दा रहेछन् । सूूचिकृत कम्पनीहरुमध्ये केबल १० वटा कम्पनीहरुका रिपोर्ट र अध्ययन गर्नुपर्ने उनको धारणा छ । बाँकी बुुझ्न जरुरी नरहेको उनको जिकिर छ । धेरै कम्पनीको अध्ययन गरेर सेयर किने कमिसन धेरै तिर्नुुपर्ने तर, थोरै किनेमा स्याहार्न पनि सजिलो हुुने उनको भनाइ छ ।

घट्दो बजारले अवसर सिर्जना गर्ने बताएका श्रेष्ठले बढ्दो बजारमा पनि कमाउने मौका हुने सुनाउँछन् । ‘धैर्यता चाहिँ एकदमै चाहिन्छ।’उनले भने–‘आधारभूूत अध्ययन, धैर्यता र धारण क्षमता सेयरमा सफल लगानीकर्ता बन्न चाहिने अत्यावश्यक गुुण हुुन् ।’

हाल नेप्से इण्डेक्स बढ्दो गतिमा रहेको र बजारको परिदृश्य आगामी दिनमा झन् सुखद हुुनेमा श्रेष्ठ आशावादी देखिन्छन् । ‘केही सेक्टरहरुमा बुुलिसको संकेत देखेको छुु, बजारको मनोविज्ञान समेत बुुलिस नै छ ।’ उनले थपे । 

सेयरमा लगानी गर्दा लगानीकर्ता अनुुशासित हुुनुुपर्ने श्रेष्ठको सुुझाव छ । ‘बढेको बेला लोभिनुु र घटेको बेला त्रसित हुुनुु दुुवै लगानीकर्ताको अनुशासनबाहिर पर्छ।’श्रेष्ठ भन्छन्–‘धेरै आवेगले जाखिम निम्त्याउने हुुनाले अनुुशासित भई लगानी गरेमा सेयरबजारले सुुनौलो भविष्यको आधार तयार गरिदिन्छ ।’