काठमाण्डौ । नेपालमा म्याक्सस गाडीहरुको आधिकारिक वितरक परामाउन्ट मोटर्स प्रालिले म्याक्सस टी६०, टी७० पिकअप ट्रक र भी८० कार्गो भ्यान लन्च गरेको छ।

यी गाडीहरुको लन्च कार्यक्रमपछि सर्वाधिक प्रतीक्षित मूल्य सार्वजनिक र शोरुम उद्घाटन गरिएको छ। यी प्रिमियम गाडीहरुमा भेरिएबल जिओमेट्री टर्बोचार्जर प्रविधिसहितको ३६० एन एम र ३७५ एन एम पीक टर्क, अधिकतम पावर ११० किलो वाट र १२० किलोवाट क्षमता प्रदान गर्ने २.८ लिटर र २.० लिटर टर्बो डिजेल इन्जिन रहेको छ। यी गाडीहरुले अहिलेको ड्राइभिङ अनुभवका मागहरु पूरा गर्न सक्नेछन्। म्याक्सस टी६०, टी ७० र भी८० को मूल्य नेपाली बजारमा क्रमशः ७७ लाख ९९ हजार, ६८ लाख ४९ हजार र ५० लाख ४९ हजार रुपैयाँ रहेको छ।

म्याक्सस टी६० र टी७० पिकअप ट्रकहरुमा अटोमेटिक एसी कीलेस इन्ट्री र स्टार्ट पुस– स्टार्ट बटन, हाइट एडजस्टेबल स्टेयरिङ ह्विल, कुज कन्ट्रोल, रेन–सेन्सिङ वाइपर, ब्लुटुथ कनेक्टिभिटी र अटोमेटिक क्लाइमेट कन्ट्रोलजस्ता उत्कृष्ट फिचरहरु रहेका छन्। मिडसाइज पिकअपका रुपमा वर्गीकृत थी म्याक्सस पिकअप ट्रकहरु यस वर्गका गाडीमा। सबैभन्दा लामो र चौडा गाडी हुन्। 

म्याक्सस टी६० र टी७० मा लकिङ डिफरेन्सियलहरु पनि छन्। जसले यी गाडीहरुको अफरोड क्षमतालाई बलियो बनाउँछ। ३१५५ मिलिमिटर ह्वीलबेस र २१५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स भएको यो पिकअप नेपालको भौगोलिक क्षेत्रका लगि उपयुक्त देखिन्छ। 

सुरक्षाको हिसाबले टी६० गाडी निकै सुरक्षित रहेको छ, यसले फाइभ स्टार एएनसीएपी रेटिङ पाएको छ। यस पिकअपमा चारवटा एयरब्याग, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी) सहितको एबीएस, ईएसपी, आइसोफिक्स चाइल्ड सिट टिथर्स, हिल स्टार्ट असिस्ट सिस्टम, ट्याक्सन कन्ट्रोल सिस्टम, इलेक्ट्रोनिक ब्रेक असिस्ट, रियर पार्किङ सेन्सर र रिनर्स क्यामेरा छन्।

म्याक्सस भी८० कार्गो भ्यान युरो ४ इमिसन स्ट्यान्डर्ड इको डी २.५ लिटर टर्बो डिजेल कमन–रेल डाइरेक्ट इन्जेक्सनबाट सञ्चालित हुन्छ। बाशको इन्टरकल्ड, इलेक्ट्रोनिक रुपमा रेगुलेट हुने इन्जिनले ३८०० आरपीएममा १०० किलोवाट शक्ति र ३३० टर्क उत्पन्न गर्दछ, जुन यातायात र फेमिली ट्रिपका लागि एकदमै उपयुक्त छ। 

भी८० प्यानल भ्यान यूरो ४ इमिसन स्ट्यान्डर्ड इको डी २.५ लिटर टबा‘ डिजेल कमन–रेल डाइरेक्ट इन्जेक्सनबाट सञ्चालित हुन्छ। प्यानल भ्यान निकै भरपर्दो गाडी हो। विभिन्न कार्यका लागि सजिलै प्रयोग गर्न सकिने यो गाडी व्यावसायिक प्रयोगका लागि एकदमै उपयुक्त छ।

म्याक्सस नेपालमा सबैभन्दा बढी माग रहेको सर्वाधिक प्रतीक्षित कार हो। म्याक्ससको आकर्षक डिजाइन र आधुनिक तथा स्मार्ट फिचरहरुले पक्कै पनि ग्राहकहरुको अपेक्षा पूरा गर्नेछ। विभिन्न वर्गका ग्राहकहरुको युटिलिटी गाडीको चाहना पूरा गर्ने सोचका साथ कम्पनीले म्याक्ससको मूल्य आकर्षक रहेको सुनिश्चित गरेको छ र उत्कृष्ट प्रदर्शन क्षमता सहितको युटिलिटी गाडीको लिगेसीलाई बलियो बनाउने अपेक्षा गर्दछ। 

काठमाण्डौको नक्साल स्थिति म्याक्सस शोरुम बुकिङ र टेस्ट ड्राइभका लागि खुला छ।