काठमाण्डौ । अब विदेशी पर्यटकले अनएराइभल भिसाबापतको शुल्क नगदमै भुक्तानी गर्नुपर्ने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विदेशी पर्यटकलाई उक्त भिसाबापतको रकम नगदमै भुक्तानी गर्न आग्रह गरेको हो। कार्यालयले एक सूचना प्रकाशित गरी विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको भन्दै यस्तो आग्रह गरेको छ।
विमानस्थलमा आएका विदेशी पर्यटकले अनएराइभल भिसाबापत २०० डलर वा सोबराबरकोे विदेशी मुद्रा तिर्नुपर्छ।
‘पछिल्ला दिनमा विदेशबाट आउने पर्यटक बढेको र विमानस्थलभित्र एउटामात्रै एटीएम मेसिन रहेकाले पर्यटकलाई भुक्तानीका लागि लाइन बस्नुपर्ने झन्झट छ’, सूचनामा उल्लेख छ, ‘त्यसैले भिसाबापतको रकम नगदमा भुक्तानी गर्न आग्रह गर्छौं।’
8 minutes ago
22 minutes ago
34 minutes ago
55 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago