काठमाण्डौ । चालु आर्थिक वर्षको मंसिरसम्म सबैभन्दा बढी पुनर्कर्जा पाउनेमा पर्यटन क्षेत्र बनेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार पर्यटन क्षेत्रमा मात्रै मंसिर मसान्तसम्म कुल स्वीकृत पुनर्कर्जाको ५१.९७ प्रतिशत पर्यटन क्षेत्रले पाएका छन्। राष्ट्र बैंकबाट कुल ११ अर्ब ८४ करोड ४ लाख रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको छ। जसमध्ये पर्यटन क्षेत्रले ६ अर्ब १५ करोड ३३ लाख रुपैयाँ लगेका छन्। 

यसैगरी जलविद्युत क्षेत्रले २ अर्ब ३५ करोड ७१ लाख रुपैयाँ पुनर्कर्जा लिएका छन्। जुन कुल पुनर्कर्जाको १९.९१ प्रतिशत हो। 

यसैगरी मंसिरसम्म उत्पादनमूलक क्षेत्रले १ अर्ब ९७ करोड ५१ लाख रुपैयाँ, शिक्षा क्षेत्रले ८५ करोड ४९ लाख रुपैयाँ, यातायातको क्षेत्रले २४ करोड ५३ लाख रुपैयाँ, अस्पताल क्षेत्रले २० करोड रुपैयाँ र कपडा व्यवसायको क्षेत्रले ५ करोड ४७ लाख रुपैयाँ पुनर्कर्जा पाएको राष्ट्र बैंकले जनाएको छ । यो कुल स्वीकृत पुनर्कर्जाको क्रमशः १६.६८ प्रतिशत, ७.२२ प्रतिशत, २ प्रतिशत, १.६९ प्रतिशत र ०.४६ प्रतिशत हो। 

राष्ट्र बैंकका अनुसार मंसिर महिनासम्म ९१ जना ऋणीले पुनर्कर्जा लिएका छन्। जसमा विशेष पुनर्कर्जा १५ जनाले लिएका छन् भने बाँकी ७६ जनाले साधारण पुनर्कर्जा लिएका छन्।