काठमाण्डौ । नेपाल पर्यटन बोर्डले ‘बीबीसी मास्टर सेफ: द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरुलाई आइतबार सम्मान गरेको छ।
काठमाण्डौमा आयोजित एक कार्यक्रममा मास्टर सेफ सन्तोस साहका साथमा सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिली आर्मिटेजलगायतको टोलीलाई बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछानेलगायतले सम्मान गरेका हुन्। सेफहरुलाई सम्मान गर्दै रेग्मीले सन्तोष साहले नेपाली पकवानलाई विश्वसामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताए। ‘नेपाललाई पर्यटन गन्तव्यका हिसावले पर्यटकहरुले सुन्दर गन्तव्यका रुपमा नै हेर्ने गरेका छन्’, रेग्मीले भने, ‘तर, मास्टर सेफ सन्तोष साहले नेपाली खानाका परिकारहरुलाई विश्वसामु पस्किएपछि नेपाल पकवान पर्यटनका हिसावले पनि महत्वपूर्ण गनत्वय हो भन्ने सन्देश गएको छ।’
यस्तै सन्तोषसहित टिमका सहभागी अन्य सेफहरुको आगमन र नेपाल भ्रमणले समेत नेपाली पकवान पर्यटनलाई थप टेवा पुर्याएको भन्दै उनीहरुलाई पनि बोर्डले सम्मान गरेको हो।
सेफ सन्तोष शाहले नेपाली खानालाई विश्व मञ्चमा पुर्याउन पाउँदा आफूलाई गर्व लागेको बताए। उनले नेपालको पर्यटन विकासको लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति, पकवान सबैको उत्तिकै महत्व रहेको धारणा राखे।
18 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
14 hours ago