काठमाण्डौ । नेपाल पर्यटन बोर्डले विद्यालयस्तरबाट नै विद्यार्थीमा पर्यटन सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न विद्यालयमा ‘राष्ट्रिय दिगो–पर्यटन क्लब’ स्थापना गर्ने अवधारणा अघि सारेको छ।
पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकाश कार्यक्रम (यूएनडीपी)को सहलगानीमा सञ्चालित ‘जीविकोपार्जन पुनरुत्थान लागि दिगो–पर्यटन परियोजना (एसटीएलआरपी)’ को आयोजना तथा टुरिजम रिसर्च एन्ड ट्रेनिङ इन्स्टिच्युट (टीआरटीआई) र ग्लोबल ट्राबल एन्ड टुरिजम पार्टनरसिप (जीटीटीपी) सँगको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि विद्यालयहरुमा राष्ट्रिय दिगो–पर्यटन क्लब स्थापना गर्ने कार्यक्रम अघि सारेको हो। जसअन्तर्गत पहिलो चरणमा प्रदेश नम्बर १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न १८ वटा निजी तथा सामुदायिक विद्यालयमा क्लब स्थापना गर्ने लक्ष्य लिएकोमा हाल ८ वटा विद्यालयमा क्लव स्थापना गरिसकिएको छ।
उक्त क्लब गठनले स्थानीयस्तरमा पर्यटन सम्बद्ध गतिविधिहरु बढ्दै जाने एवं धार्मिक सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वले भरिएका स्थलहरुको संरक्षण एवं सम्वर्द्धनमा टेवा पुग्ने अपेक्षा पर्यटन बोर्डले राखेको छ।
यसअन्तर्गत पहिलो चरणको छनोटमा निजी तथा सामुदायिक विद्यालयमा विद्यालय पर्यटन सचेतना कार्यक्रम गर्ने र ती विद्यालयमा राष्ट्रिय दिगो–पर्यटन क्लब गठन गरी पर्यटन प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरुलाई निरन्तरता प्रदान गर्ने लक्ष्य लिइएको छ।
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago