काठमाण्डौ । एघारौँ राष्ट्रिय कर दिवसको अवसरमा मनकामना दर्शन प्रालिलाई आर्थिक वर्ष २०७७–७८ मा पर्यटन क्षेत्रमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत आन्तरिक राजश्व विभागले आज आयोजित एक कार्यक्रमबीच कम्पनीलाई सम्मान गरेको हो ।

विसं. २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको नेपालकै पहिलो मनकामना केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुलाई केबुलकार सेवा प्रदान गरिसकेको छ।

यसै समूहको भ्रातृ कम्पनी रिसोर्टस बाई मनकामना केवल कार ं(प्रा) लिले करिब रु. ४८ करोड लागतमा मनकामनामा ४० कोठायुक्त सुविधा सम्पन्न होटेल तथा रिसोर्टको निर्माण थालनी गर्दैछ ।