काठमाण्डौ । साइकल कल्चर कम्युनिटीले मुठ्ठीदानमार्फत चित्रकलामा साइकल संस्कृति विषयक चित्रकला कार्यशाला यही असोज १३ गते (शनिबार) नेपाल पर्यटन बोर्डमा आयोजना गरिने भएको छ।
कार्यशालामा ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपतिहरु किरण मानन्धर, रागिनी उपाध्याय, केके कर्माचार्य, गोविन्द डंगोल, कृष्ण मानन्धर, विजय थापा, मुकेश मल्ल, सरिता डंगोल, रतनकुमार राई, रविनकुमार कोइराला, हिमालय देवी शाह, सुनिता राणा, तीर्थ निरौला, कृष्णप्रकाश शाह, राकेशचन्द्र श्रेष्ठ, रमण गुरुङ, एस.सी. सुमन, विधाता केसी, दिवेशमान प्रधान, दीपेन्द्रमान बनेपाली लगायत तीन दर्जन बरिष्ठतम चित्रकारहरुको संलग्नता रहनेछ। महिला साइक्लिस्टको नेतृत्वमा पाटन दरबार स्वायरबाट साइकल राइड बिहान ६ः३० बजे सुरु भई ७ बजे नेपाल पर्यटन बोर्डमा पुगेर चित्रकलामा साइकल संस्कृति कार्यशालाको उद्घाटनमा संलग्न हुनेछ।
सम्भाषणसहित क्यानभासमा बरिष्ठतम कलाकार तथा साहित्यकारले संयुक्त रुपमा पेन्टिङ गरी चित्रकला कार्यशालाको उद्घाटन हुनेछ। बिहान ८ बजेदेखि पर्यटन बोर्डको कोर्टयार्डमा खुला चित्रकला कार्यशाला साँझसम्म जारी रहनेछ। एकजना कलाकारले बढीमा दुईवटा क्यानभाषमा चित्रकृति तयार पार्नेछन्।
कार्यशालाबाट करिब ५० वटा चित्रकृति तयार गरिने लक्ष्य लिइएको छ।
सहभागी कलाकारहरुद्वारा यस कार्यशालामा सिर्जित चित्रकलाहरु निकट भविष्यमै क्याटलग प्रकाशनसहित प्रदर्शनी गरिने आयोजकले जनाएको छ। कार्यशालामा सिर्जित चित्रकृति बिक्रीको ५० प्रतिशत रकम कलाकारको र बाँकी ५० प्रतिशत रकम आयोजक संस्थाले नेपालमा साइकल कानुन निर्माण तथा साइकल संस्कृति अभियान सञ्चालनमा खर्च गर्नेछ।
प्रदर्शनीपश्चात बिक्री हुन बाँकी भएका चित्रकृति आयोजकले आफूसँग कम्तीमा ६ महिनासम्म राखी सम्पर्कका आधारमा चित्रकृति बिक्रीका लागि व्यवस्था गरिने आयोजकले जनाएको छ।
24 minutes ago
34 minutes ago
49 minutes ago
1 hour ago
2 hours ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago