काठमाण्डौ । भारतका एक डाक्टरलाई नाङ्गै पारेर एक प्रहरीले कुुटेको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रुपमा फैलिएको छ।

भिडियोमा सुुधाकर नाम गरेका ती डाक्टरको शरीरको माथिल्लो भागमा कुुनै पनि कपडा लगाएको देखिँदैन र एकजना प्रहरीले उनलाई लात्ताले हानेर भुुइँमा लडाएको देखिन्छ। उनको हात पछाडिबाट बाँधिएको र प्रहरीले निर्घात कुुटपिट गरिरहेको देखिन्छ। यसपश्चात उनलाई जबरजस्ती प्रहरीको भ्यानमा हालेर प्रहरीचौकी लगेको देखिन्छ। 

खासमा यो घटना भारतको बिसाखापट्नमको भएको भारतीय मिडियाहरुले जनाएका छन्।  भारतीय विपक्षी पार्टी र सामाजिक प्रयोगकर्ताले यो भिडियोको चर्काे आलोचना गरिरहेका छन्। 

सुुधाकर आन्ध्र प्रदेशको बिशाखापट्नम जिल्लाका नरसिपट्नम क्षेत्रीय सरकारी अस्पतालमा एनेस्थियोलोजिस्टका रुपमा काम गर्ने गर्दछन्। गत महिना उनलाई अनुुसान उल्लंघन गरेको आरोपमा अस्पतालबाट निलम्बन गरिएको थियो। उनले डाक्टरहरुलाई पर्याप्त मात्रामा पिपिई किट्स र एन९५ मास्क उपलब्ध नगाएको भनेर सरकारको आलोचना गरेका थिए। 

बिशाखापट्नमको प्रहरी कमिस्नरका अनुुसार डाक्टरलाई हातपात गर्ने ती प्रहरी सस्पेन्ड गरिएको छ र यो सम्पूर्ण घटनाको जाँच अगाडि बढाइएको छ। राज्यका विपक्षी तेलुुगुुदेसम पार्टी (टीडीपी), सीपीआईलगायत अन्य पार्टीहरुले यो घटनाको विरोध गरेका छन्। टीडीपी पार्टीले यस घटनालाई लिएर अदालतमा मुुद्दा दर्ता गराएको छ। 

के भएको थियो त्यो दिन 

बिशाखापट्नम प्रहरी कमिस्नरका आरके मिणाका अनुुसार प्रहरी कन्ट्रोल रुममा त्यो दिन एकजना मानिस हाइवेमा हंगामा मच्चाइरहेको भन्ने खबर आएपछि प्रहरी त्यहा पुुगेको थियो। प्रहरीका अनुुसार डाक्टर सुुधाकर रक्सीको नशामा लठ्ठ भएर सडकमा हंगामा गरिरहेका थिए। हंगामाका दौरान उनले रक्सीको एउटा बोतल सडकमा फुुटाएका थिए। सडकमा अवरोध गरेपछि त्यहाँ रहेका मानिसहरुले उनलाई नियन्त्रणमा लिएर उनको हात बाधेर प्रहरीलाई बुुझाएका थिए। 

प्रहरीका अनुुसार उनलाई अस्पतालमा जाँच गराएपछि उनलाई मानसिक अस्पतालमा पठाइएको थियो। तर यो घटनाले राजनीतिक मोड लिएको छ। विपक्षी पार्टीका अनुुसार सरकारको आलोचना गरेका कारण डाक्टर सुुधाकरलाई फसाइएको हो। विपक्षी पार्टी टीडीपीले डाक्टरको सर्मथनमा शान्तिपूर्ण आन्दोलन गरेको छ। 

दुुई अप्रिलमा नरसिपट्नममा तीनजनामा कोरोना संक्रमण देखिएको थियो र ती तीनैजनालाई डाक्टर सुुधाकर काम गर्ने अस्पतालमा भर्ना गरिएको थियो। त्यही दिन प्रहरी अधिकारीहरु र स्थानीय नेताहरुले कोरोनाको उपचार कसरी गर्न सकिन्छ भनेर डाक्टरहरुसँग छलफल गरेका थिए। सुुधाकरले छलफलका क्रममा पीपीई अभावका कारण देखाएर सरकारको चर्काे आलोचना गरेका थिए। उनले आलोचना गरेपछि उनलाई उक्त छलफल कार्यक्रमबाट निकालिएको थियो। पछि उनले सरकारको आलोचना गर्दै आफूहरुलाई सरकारले पर्याप्त मात्रामा पीपीई उपलब्ध नगराएको र आफूहरु एउटै मास्क १५ दिनसम्म लगाउन बाध्य रहेको बताएका थिए। 

डा सुधारकले डाक्टरहरुले आफ्नो जिवनलाई दारमा राखेर कसरी बिरामीहरुको उपचार गर्ने भनेर प्रश्न तेस्राएका थिए। उनको यस्तो अभिव्यक्ति भएको भिडियो बाहिरिएपछि यस विषयमा छानबिन गर्ने भन्दै उनलाई अनुुशासन उल्लंघन गरेको भन्दै सस्पेन्ड गरिएको थियो।

सरकारले सुधारकलाई यदि त्यस्तो केही समस्या भएको भए उच्च अधिकारीलाई भन्नुुपर्ने र उनले सार्वजनिक रुपमा दिएको अभिव्यक्तिले सम्पूर्ण डाक्टर र स्वास्थ्यकर्मीको मनोबल गिरेको भन्दै बयान दिएको थियो। यो घटनाको केही दिनपछि डा सुुधाकरले मुुख्यमन्त्रीलाई सम्बोधन गर्दे आफूबाट गल्ती भएको र आफूलाई फेरि पदमा बहाली गर्न अनुुरोध गर्दे भिडियो बनाएका थिए। तर उनको यस्तो अनुुरोधपछि सरकारले कुुनै पनि प्रतिक्रिया जनाएन। 

डा सुुधाकरका अनुुसार उनी घटना भएको दिन बैंकको किस्ता तिर्न बैंक गएका थिए। उनले भने, “म दश लाख रकमसहित बैंकको किस्ता तिर्न गइरहेको थिए। मलाई प्रहरीले पहिले मरीपालम जक्सनमा रोकेको थियो। उनीहरुले मेरो फोन र मेरो पैसा मबाट लिएका थिए। उनीहरुले मलाई कुुटपिट गरे। केही दिनदेखि मलाई फोनमा धम्की पूर्ण फोन कलहरु आइरहेका थिए।” 

प्रहरीले सुधाकरलाई पक्रेर लगेर गएपछि मिडियासामुु डाक्टरले आफ्नो ५ वर्षे कार्यकाल बाँकी रहेकाले आफू अझै सेवा गर्न इच्छुुक रहेको बताएका थिए। तर प्रहरीले आफूमाथि डाक्टर सुुधाकरले लगाएका आरोपहरु आधारहीन भएको र उनले सडकमा हंगामा गरेको बताएको छ। – एजेन्सी